राजनीति हस्तक्षेप मुक्त गर्न विश्वविद्यालय ऐन सुधारको काम अघि बढाउँछु : नवनियुक्त शिक्षामन्त्री सुमना श्रेष्ठ
बुधबार सपथपछि सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा पुगेर उनले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै मन्त्री श्रेष्ठले विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेप मुक्त गर्न आवश्यक निर्णय गरिएको बताइन् ।
